मृतकका लागि प्रार्थना (#11095)

*(मृतकका लागि भनिने यो प्रार्थना पन्ध्र वर्षभन्दा माथिका बहाईहरूको लागि प्रयोग गरिन्छ । सामूहिक भेलामा पाठ गरिने यो एक मात्र अनिवार्य प्रार्थना हो, जुन एक जना अनुयायीद्वारा पाठ गरिंदा उपस्थित सबै उभिन्छन् । यो प्रार्थना गर्दा किब्लेह (आराधना स्थल) तर्फ फर्कन जरुरी छैन ।)
*— किताब–इ–अग्दसबाट
*हे मेरा ईश्वर ! यो तिम्रो सेवक तथा तिम्रो सेवकको पुत्र हो जसले तिमीमा र तिम्रा चिन्हहरूमा विश्वास गर्दछ र तिमीबाहेक अन्य सबैबाट पूर्ण वियुक्त भई तिमीतिर अभिमुख भएको छ । निःसंशय, करुणामयहरूमध्ये पनि तिमी परम करुणामय छौ । 

*हे तिमी जो मानिसहरूको पापलाई क्षमा दिन्छौ र उनीहरूका दोषहरूलाई छिपाइदिन्छौ । ऊसँग यस्तो व्यवहार गर जो तिम्रो दानशीलताको स्वर्ग र तिम्रो कृपाको सागर सुहाउँदो हुनेछ । उसलाई तिम्रो परम करुणाको प्राङ्गणभित्र प्रवेश गर्नदेऊ, जुन पृथ्वी तथा स्वर्गको सृष्टिभन्दा अघिदेखि नै थियो । सदैव क्षमाशील अति दानी ईश्वर तिमीबाहेक अन्य कोही छैन । 

*त्यसपछि उसले ६ पटक “अल्ला–उ–आभा” भनी अभिनन्दन गरोस् र निम्नलिखित श्लोकहरू प्रत्येकलाई उन्नाइस पटक पाठ गरोस् :
हामी सबै, निःसशंय, ईश्वरको पजूा गर्दछौं । हामी सबै, निःसशंय, ईश्वरलाई ढोग्दछौं । हामी सबै, निःसशंय, ईश्वरप्रति निष्ठावान् छौं । हामी सबै, निःसशंय, ईश्वरको स्तुति गर्दछौं । हामी सबै, निःसशंय, ईश्वरमा कृतज्ञता ज्ञापन गर्दछौं । हामी सबै,निःसशंय, ईश्वरप्रति धैर्यवान् छौं । 

*(यदि मृतक महिला छिन् भने, उनले “यिनी तिम्री सेविका र तिम्री सेविकाकी पुत्री हुन् आदि ........भनून्”)

हे मेरा ईश्वर ! हे तिमी जसले पापहरूलाई क्षमा गर्दछौ, उपहारहरूको वृष्टि गर्दछौ अनि पीडाहरूको हरण गर्दछौ ! म विनम्र प्रार्थना गर्दछु कि जसले शारीरिक चोलालाई छोडेर आध्यात्मिक संसारमा प्रवेश गरेको छ उसका पापहरूलाई क्षमा गरिदेऊ । 

हे मेरा प्रभु ! अपराधहरूबाट उनीहरूलाई शुद्ध गराइदेऊ, उनीहरूका दुःखहरूलाई नाश गरिदेऊ र उनीहरूको अन्धकारलाई प्रकाशमा परिणत गरिदेऊ । 

उनीहरूलाई आनन्दवाटिकामा प्रवेश गराऊ, अति पवित्र जलद्वारा उनीहरूलाई चोख्याऊ र सर्वेच्च शिखरस्थित तिम्रा गौरवहरूको दर्शन गराऊ ।

-Bahá'u'lláh
-----------------------

मृतकका लागि प्रार्थना (#11096)

हे मेरा प्रभु, तिमी सुविख्यात छौ ! म तिमीलाई धन्यवाद दिन्छु कि तिमीले मलाई उनको दर्शन गरायौ जो तिम्रो दयाका दिवास्रोत, तिम्रो कृपाका उद्गमस्थल र तिम्रो धर्मका कोष हुन् । जुन नामद्वारा तिम्रो नजिक पुग्नेहरूका मुखमण्डल चम्किएका छन् र तिम्रा प्रियजनका हृदयहरूले तिमीतिरको उडान भरेका छन् तिम्रो त्यही नामको सौगन्ध खाएर म तिमीसित याचना गर्दछु कि मलाई यस्तो वरदान दऊे जसले गर्दा म सधैं र सबै अवस्थामा तिम्रो हात थामेर बस्न पाऊँ र तिमीबाहेक अरू सबैबाट अलग्ग हुन सकूँ, मेरो दृष्टिलाई तिम्रो प्रकटीकरणको क्षितिजमा केन्द्रित गर्न सकूँ र तिम्रा धर्मपाटीहरूमा तिमीले मेरो लागि निर्दिष्ट गरेका नियमहरूलाई  पालन गर्न  सकूँ । हे मेरा प्रभु ! मेरो आत्मा र शरीर दुवैलाई तिम्रो प्रेमाद्र दया र तिम्रो अनुकम्पाका वस्त्रद्वारा सुसज्जित गरिदेऊ । अतः तिमीलाई अप्रिय लाग्ने वस्तुहरूबाट मलाई सुरक्षित राख, कृपा गरेर मलाई र मेरा सन्ततिलाई तिम्रो आज्ञापालन गर्नमा सहायता गर र मभित्र भ्रष्ट इच्छा वा खराब प्रवृत्तिहरू उत्पन्न गराउने सबै वस्तुहरूलाई हटाइदेऊ । 

निःसन्देह, तिमी सारा मानव–जातिका स्वामी हौ र यो लोक एवं अर्को लोकका पनि अधिपति हौ । सर्व–ज्ञाता र सर्व–बुद्धिमान् तिमीबाहके अर्को ईश्वर छनै ।

-Bahá'u'lláh
-----------------------

मृतकका लागि प्रार्थना (#11097)

हे मेरा प्रभु, तिम्रो जय होस् ! तिम्रो इच्छानुकूल र तिम्रो आदेशानुसार सम्पूर्ण सृष्टिमाथि बगिरहेको तिम्रो कृपावस्त्रको सुगन्धको शपथ लिएर, तिम्रो कृपाको क्षितिज माथि तिम्रो सार्वभौमसत्ता र तिम्रो अजेय शक्तिद्वारा प्रकाशवान् भएर चम्किरहेको तिम्रो इच्छाको सूर्यको शपथ लिएर म तिमीसित याचना गर्दछु कि मेरो हृदयबाट सारा व्यर्थ कल्पनाहरू तथा भ्रमित विचारहरू मेटाइदेऊ ताकि पूर्ण श्रद्धासित म तिमीतिर अग्रसर हुन सकूँ, हे सारा लोकका स्वामी !
हे मेरा प्रभु ! म तिम्रो सेवक तथा तिम्रो सेवकको पुत्र हुँ । मैले तिम्रो दयाको हात समातेको छु र तिम्रो कोमल कृपाको बन्धनमा टाँस्सिएको छु । तिमीसित भएका उत्तम वस्तुहरू मेरो लागि पनि मिलाइदेऊ र त्यो पात्रबाट मेरो भरण–पोषण गर जसलाई तिमीले तिम्रो अनुग्रहको स्वर्गबाट तथा तिम्रो प्रचुरताको मेघबाट वृष्टि गरिरहेका छौ । साँच्चै नै, तिमी समस्त लोकहरूका अधिपति हौ तथा पृथ्वी एवं स्वर्गका सारा निवासीहरूका ईश्वर हौ ।

-Bahá'u'lláh
-----------------------

मृतकका लागि प्रार्थना (#11098)

हे मेरा प्रभु, तिम्रै धर्मको अग्निबाट अनेकौ निरूत्साहित हृदयले नयाँ उत्साह पाएका छन् र तिम्रो आवाजको मिठासले कैयौं सुतेकाहरू ब्यूँझाइएका छन् । तिम्रो एकताको वृक्षको छाहारीमा आश्रय खोजिरहेका अपरिचितहरू कति होलान् र तिम्रो यस युगमा तिम्रो जीवन दायिनी सरिताको स्रोतबाट पिएर आफ्नो तृष्णा मेटाउन हुरूक्क हुनेहरू कति धेरै होलान् ?

धन्य छ त्यो जो तिमीतिर लम्केको छ र तिम्रो मुहारको ज्योतिको सूर्य प्राप्त गर्न हतारिएको छ । धन्य छ त्यो जो आफ्नो पूर्ण अनुरागसित तिम्रो प्रकटीकरणको उदयस्थल र तिम्रो पे्ररणाको मुहानतर्फ उन्मखु भएको छ । धन्य छ त्यो जसले तिम्रो कृपा र अनुग्रहबाट पाएको सबै तिम्रो मार्गमा खर्च गर्दछ । धन्य छ त्यो जसले तिम्रो उत्कट चाहनामा तिमीबाहेक अरू सबैलाई त्यागेको छ । धन्य छ त्यो जसले तिमीसँग प्रगाढ सम्बन्ध स्थापना गर्न सकेको छ र तिमीबाहेक अन्य सबैसँगको सम्बन्धविच्छेद गरेको छ । हे मेरा प्रभु ! तिम्रो सत्ता र अधिकारको शक्तिद्वारा आफ्नो कैदखानाको क्षितिजमाथि जो उठेका छन् उनको नाम लिएर म तिमीसित याचना गर्दछु कि प्रत्येकका लागि तिमी र तिम्रो सर्वोच्च पद सुहाउदाँ कुराहरू निर्दिष्ट गरिदऊे । साँच्चै नै, तिम्रो शक्ति सारा वस्तुहरू बराबर छ ।

-Bahá'u'lláh
-----------------------

मृतकका लागि प्रार्थना (#11099)

हे मेरा प्रभु, म जान्दिन कि तिमीले कुन आगोले आफ्नो भूमिलाई प्रज्ज्वलित गराएका हौ । माटोले त्यसको गरिमालाई छोप्न सक्दैन न त पानीले नै त्यसको ज्वालालाई निभाउन सक्छ । पृथ्वीका समस्त मानिसहरू त्यसको शक्तिको सामना गर्न असमर्थ छन् । त्यो व्यक्ति धन्य छ जो त्यसको समीपमा पुगेको छ र जसले त्यसको गर्जन सुन्न पाएको छ । 

हे मेरा प्रभु ! तिमीले आफ्नो शक्तिशाली कृपाद्वारा कसैलाई त्यसको नजिक पुग्न सक्ने गरायौ तर कसैलाई भने तिम्रो युगमा तिनले गरेका कर्महरूको कारणले गर्दा त्यसबाट टाढा नै राख्यौ । त्यतातिर लाग्न हतारिने वा त्यहाँ पुग्ने जो कसैले पनि तिम्रो सौन्दर्यको दर्शन पाउने उत्सुकतामा तिम्रो मार्गमा आफ्नो जीवन त्यागेको छ र तिमीबाहेक अन्य सबैबाट मुक्त भई तिम्रो समक्षमा पुगेको छ । हे मेरा प्रभु ! सृष्टि संसारमा दन्किरहेको यही आगोद्वारा म तिमीसित याचना गर्दछु कि तिम्रो वैभवको सिंहासनको सामु पुग्न र तिम्रो ढोकाको संघारमा उभिनमा मलाई बाधा पु¥याउने सारा पर्दाहरूलाई च्यातिदेऊ । हे मेरा ईश्वर ! तिमीले आफ्नो ग्रन्थमा उल्लेख गरेका सबै उत्तम कुराहरू मेरो लागि निर्दिष्ट गरिदेऊ र तिम्रो करुणाको आश्रयबाट पनि मलाई टाढा नराख । आफूले चाहेजस्तो गर्न तिमी समर्थ छौ । साँच्चै नै तिमी सर्व–शक्तिमान्, अत्यन्त कृपालु छौ ।

-Bahá'u'lláh
-----------------------

मृतकका लागि प्रार्थना (#11100)

तिम्रो जय जय होस्, हे मेरा प्रभु ! म तिम्रा ती सेवकहरू मध्येको एक सेवक हूँ जसले तिमीमा र तिम्रा चिन्हहरूमा विश्वास गरेका छन् । मलाई तिम्रो कृपाको द्वारमा उभिरहेको र तिम्रो प्रेमाद्र दयाको दिशातर्फ अघि बढिरहेको तिमीले देखिरहेको छौ । तिम्रा सर्वोत्तम उपाधिहरू तथा तिम्रा सर्वोत्कृष्ट गुणहरूद्वारा म तिमीसित याचना गर्दछु कि मेरो लागि तिम्रा उपहारहरूको ढोका खोलिदेऊ । अतः ती कुराहरू गर्नमा मलाई सहायता गर जुन कल्याणकारी छन्, हे तिमी जो विशेषण तथा गुणहरूका स्वामी हौ । 

हे मेरा स्वामी, म गरिब छु, तिमी धनी छौ । म तिमी तिर उन्मुख भएको छु र तिमीबाहेक अरू सबै कुराहरूबाट मैले आफूलाई अलग गराएको छु । म तिमीसित प्रार्थना गर्दछु कि तिम्रो कोमल कृपाको शीतल समीरबाट तथा तिम्रा चुनिएका सेवकहरूको लागि तिमीले निर्दिष्ट गरेका वस्तुहरूबाट मलाई वञ्चित नगराऊ । हे मेरा प्रभु, मेरा आँखाबाट पर्दा हटाइदेऊ ताकि तिम्रा प्राणीहरूको लागि तिमीले जे चाहना गरेका छौ त्यसलाई म चिन्न सकूँ र तिम्रो सृष्टिमा अभिव्यक्त भएका तिम्रा शक्तिशाली चिन्हहरूलाई खाजे रे निकाल्न सकूँ । हे मेरा प्रभु, तिम्रा शक्तिशाली चिन्हहरूद्वारा मेरो आत्मालाई आनन्दित बनाइदेऊ र मलाई मेरा भ्रष्ट र दुष्ट इच्छाहरूको खाडलबाट बाहिर निकाल । अतः यो संसार र यस पछिको संसारमा मेरो लागि भलाई हुने कुराहरू निश्चित गरिदऊे । जे इच्छा गर्छौ त्यो पूरा गर्न तिमी सामथ्र्यवान् छौ । सर्व–गारैवशाली तिमीबाहके अर्को ईश्वर छनै र सबै तिम्रो सहायता खोजिरहेका छन् । 

हे मेरा प्रभु, म तिमीप्रति कृतज्ञ छु किनकि तिमीले मलाई निद्रा बाट ब्यूँझाइदियौ, मलाई घच्घचाएर म भित्र त्यो कुरा देख्ने इच्छा जागृत गरायौ जसलाई देख्न तिम्रा धेरै जसो सेवकहरू असफल भएका छन् । हे मेरा प्रभु, तसर्थ तिम्रो प्रेमको खातिर र तिम्रो सदिच्छाको खातिर मलाई त्यो कुरा देख्न सक्ने बनाऊ जुन कुरा तिमीले मेरो लागि चाहेका छौ । तिमी उही हौ, जसको शक्ति र सार्वभौम सत्तालाई साराले प्रमाणित गरेका छन् । शक्तिशाली, कल्याणकारी, तिमीबाहके अर्को ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

मृतकका लागि प्रार्थना (#11101)

हे मेरा प्रभु, सृष्टिकर्ता, सम्राट्, सबैको भरण– पोषाण गर्ने, सर्व–प्रशंसित, जसको सहायताको लागि सबै प्रार्थना गर्छन् । 

भनः हे मेरा प्रभु ! हे तिमी, जो पृथ्वी र स्वर्गहरूका निर्माता हौ, हे अधिराज्यका स्वामी ! मेरा हृदयका गोप्य कुराहरू तिमी राम्ररी बुझ्दछौ जबकि तिम्रो अस्तित्वलाई तिमीबाहेक अरू कसैले पनि बुझ्न सक्तैन । मसित भएका सबै कुराहरूलाई तिमी देख्न सक्छौ जुन कुरा तिमीबाहेक अरू कसैले पनि गर्न सक्दैन । तिम्रो कृपाद्वारा तिमीबाहेक अरू सारा वस्तुहरूबाट अलग हुन मलाई सहायता गर र मेरो लागि त्यो कुरा निश्चित गरिदेऊ जसले मलाई तिमीबाहेक अरू सबै कुराहरूबाट स्वतन्त्र गरिदेओस् । यस्तो आज्ञा गर कि यो लोक र परलोक दुवैमा मेरो जीवनलाई फाइदा हुने कुराहरू प्राप्त गर्न सकूँ । मेरो सामुन्ने तिम्रो कृपाका द्वारहरू खोलिदेऊ र तिम्रो कोमल कृपा र उपहारहरू मेरो लागि प्रदान गरिदेऊ । 

हे प्रभु ! तिमी जो असीमित कृपाका स्वामी हौ । तिमीलाई  प्रेम गर्नेहरूलाई  तिम्रा दैवी सहायताले भरिपूर्ण गराऊ र तिम्रा अधीनमा भएका उपहारहरू तथा आशिष्हरू हामी माथि खन्याइदेऊ । हामीलाई सबै कुराहरू पर्याप्त मात्रामा दऊे, हाम्रा पापहरूलाई क्षमा गरिदऊे र हामीलाई करुणाको दृष्टिले हेर । तिमी हाम्रा मालिक तथा समस्त सृजित वस्तुहरूका मालिक हौ । तिमीबाहेक अरू कसैसित पनि हामी विन्तीभाउ गर्दैनौ र तिम्रो कृपाको लागि मात्रै हामी तिमीसित प्रार्थना गर्दछौं । प्रचुरता र कृपाका स्वामी तिमी नै हौ । आफ्नो शक्तिमा तिमी अजेय छौ र तिमी योजना निर्माणमा अत्यन्त सिपालु छौ । सर्व–व्यापी, सर्वोत्कृष्ट तिमी बाहके अर्को  ईश्वर छैन । हे मेरा प्रभु ! तिम्रा दूतहरू, महात्माहरू र न्याय–परायणहरूमाथि तिम्रो आशिष्को वृष्टि गर । साँच्चै नै तिमी ईश्वर हौ, अद्वितीय, सबैलाई मन्त्रमुग्ध गर्नेवाला ।

-The Báb
-----------------------

मृतकका लागि प्रार्थना (#7011)

हे मेरा ईश्वर ! हे तिमी जसले पापहरूलाई क्षमा गर्दछौ, उपहारहरूको वृष्टि गर्दछौ अनि पीडाहरूको हरण गर्दछौ ! 
म विनम्र प्रार्थना गर्दछु कि जसले शारीरिक चोलालाई छोडेर आध्यात्मिक संसारमा प्रवेश गरेको छ उसका पापहरूलाई क्षमा गरिदेऊ |
हे मेरा प्रभु ! अपराधहरूबाट उनीहरूलाई शुद्ध गराइदेऊ, उनीहरूका दु:खहरूलाई नाश गरिदेऊ र उनीहरूको अन्धकारलाई प्रकाशमा परिणत गरिदेऊ | उनीहरूलाई आनन्दवाटिकामा प्रवेश गराऊ, अति पवित्र जलद्वारा उनीहरूलाई चोख्याऊ र सर्वोच्च शिखरस्थित तिम्रा गौरवहरूको दर्शन गराऊ |

-`Abdu'l-Bahá
-----------------------

